मनोरञ्जन

फिल्ममा लगानी गरिदिने कोही नभएपछि धमला दम्पत्तीको रुवाबासी

फिल्ममा लगानी गरिदिने कोही नभएपछि धमला दम्पत्तीको रुवाबासी

‘मुर्गा हन्टिङ’ चलचित्र क्षेत्रमा अब नौलो विषय रहेन । यस्तै मुर्गाको खोजिमा छ ऋषि धमलाको जोडी ।

पत्नी एलिजा को हिरोइन बन्ने सपना पूरा गर्न एरिका फिल्मस्को ब्यानरमा अनुराग बन्ने हल्ला पिटियो । एक करोड लागतमा निर्माण हुने भनिएको उक्त चलचित्रका लागि लगानी गर्ने मान्छे फेला नपरेर रुवावासी छ । बरु चलचित्रमा लगानी गर्छु भनेर आएका लगानीकर्ता समेत धमला पत्नीका कारण हात धोएर पाखा लागेका छन् । यस मध्येका हुन दिपक घिमीरे । चलचित्र निर्माणको घोषणा गरेको हप्तादिन बित्न नपाउँदै मोडल दीपक घिमिरले हात धोएर पाखा लागेका हुन् । उनी मात्र होइन कयौं लगानीकर्ताले हात झिकेपछि लगानीर्ता नपाएर धमला दम्पतीको रुवाबासी छ ।

धमला पत्नी नै मुख्य हिरोइन बन्ने भएपछि लगानीकर्ताले हातझिक्ने निर्णय गरेको हो । उक्त चलचिमा न निर्देशक नै छन् नत उनले लगानीकर्ता नै भेटेका छन् । एलिजा गौतम, सरोज खनाल रुपा राना निर्मल शर्मालगाएको अभिनय रहने भनिएको चलचि बन्ने वा नबन्नेमै सोही चलचिका लागि छनोट भएका कलाकारले आशंका व्यक्त गरेका छन् ।

जनअास्था साप्ताहिक

विशेष