मनोरञ्जन

चलचित्र विकास बोर्डको अध्यक्ष उद्धब पौडेलकी छोरीलाई बनाउने तयारी

चलचित्र विकास बोर्डको अध्यक्ष उद्धब पौडेलकी छोरीलाई बनाउने तयारी

काठमाडौं । चलचित्र विकास बोर्ड नेतृत्व बिहिन हुँदा असार १६ गते नै राष्ट्रपतिको हातबाट वितरण हुनुपर्ने राष्ट्रिय चलचित्र अवार्ड अलपत्र परेको छ ।

बैशाख १ गतेदेखि चैत्र मसान्तसम्म निर्माण भएका नेपाली चलचीत्रको मूल्यांकन गरी बर्षभरिको उत्कृट चलचित्र, नायक , नायिका, निर्माता, छायांकन अर्वाडलगायत विधामा पुरस्कार प्रदान गरिँदै आएको थियो । पुरस्कार छनोट समितिको सिफारिसका आधारमा राष्ट्रपतिबाट प्रदान गरिँदै आएको प्रत्येक पुरस्कारको राशी एकलाख रुपैया रहेको छ ।

बार्डको अध्यक्ष छनोटका लागि भदौ २५ गते सकिए पनि अध्यक्ष नियुक्त हुन सकेको छैन । अध्यक्षका लागि प्रतिस्पर्धामा १३ जनाले संचार मन्त्रालयमा निवेदन दर्ता गराएका थिए । जसमा केही गैरफिल्मकर्मीसमेत थिए । निकिता पौडेल, सुचित्रा श्रेष्ठ, होतराज शर्मा, विशाल श्रेष्ठ, सुष्मा कार्कीलगायत छन् ।

सो नाम मध्ये तीनजनाको नाम संचारमन्त्रालयले सिफारिस गर्नुपर्ने हो । यद्यपी, मन्त्री मोहन बस्नेतले राप्रपा कोषध्यक्ष उद्धब पौडेलकी छोरीलाई बोर्डको अध्यक्ष बनाउन चाहेपछि कांग्रेस निकटका चलचित्रकर्मी मन्त्री बस्नेतसँग आगो भएका छन् । उता, संचारमन्त्री शेरधन राईहुँदाकै समयमा बोर्ड अध्यक्ष बन्न कम्तिमा स्नातक उर्तिण हुनुपर्ने मापदण्ड बनेपछि तिलमिलाएका पूर्वअध्यक्ष राजकुमार राई भने आफूनिकटकी सुचित्रा श्रेष्ठलाई अध्यक्ष बनाउने लबिङमा छन् ।

जनआस्था साप्ताहिक

विशेष