समाज

गरिब परिवार खोज्नै ६ अर्ब

गरिब परिवार खोज्नै ६ अर्ब

काठमाडौं । सरकारी तथा गरिबी निवारण मन्त्रालयले ५१ जिल्लाको गरिब घरपरिवार पहिचान गर्ने ६ अर्ब लाग्ने प्रस्ताव गरेको छ ।

मन्त्रालयअन्तर्गतका गरिब घरपरिवार सहयोग समन्वय केन्द्रले ५१ जिल्लामा गरिब घरपरिवार पहिचान गर्न कम्तीमा ६ अर्ब रुपैयाँ आवश्यक पर्ने ठहर गरेको हो ।

केन्द्रले यसअघि मुलुकका २६ जिल्लाको गरिब घरपरिवारको पहिचान गरेको थियो । त्यसरी पहिचान गर्दा २६ जिल्लाका ३ लाख ९१ हजार ८ सय ३१ घरपरिवार फेला परेको थियो ।

अन्नपूर्ण

विशेष