समाज

दलितको कोटामा गैरदलितको मस्ती !

दलितको कोटामा गैरदलितको मस्ती !

काठमाडौं । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा गैरदलित नेताहरू दलितको समानुपातिक कोटाबाट चुनावी मैदानमा उत्रिएको दाबी गरिएको छ ।

नेपाली काँग्रेसदेखि सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्मले समानुपातिकतर्फको दलित कोटामा गैरदलितलाई उम्मेदवार बनाएका छन् । समानुपातिकको दलित कोटामा गैरदलित राखिएपछि दलित सङ्घसंस्थाहरूले विरोध गरेका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको समानुपातिकको बन्द सूची अनुसार नेपाली काँग्रेसले शान्तिदेवी चमाईलाई दलित कोटामा राखेको छ । त्यस्तै, सङ्घीय समाजवादी फोरमले प्रेमलाल पोखे्रललाई दलित कोटामा राखेको छ भने नेकपा ९माले० ले कैलाशचन्द्र गोपाललाई समानुपातिकको दलित कोटामा राखेको छ । नेपाल मदजुर किसान पार्टीले राधिका शाहीलाई दलित कोटामा उम्मेदवार बनाएको छ ।

रुक्मिणी चौधरी नेतृत्वको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले चार जना गैरदलितलाई दलितको कोटामा राखेर बन्द सूची निर्वाचन आयोगलाई बुझाएको छ । मञ्चले पुनम लेवी साह, महेन्द्रप्रसाद साह तेली, सोमादेवी उराव र रूपादेवी उरावलाई दलित कोटामा राखेको हो । आजको गोरखापत्रमा खबर छ ।

विशेष