खेल

बार्सिलोनाको शानदार जीत, रियल मड्रिडलाई धक्का

बार्सिलोनाको शानदार जीत, रियल मड्रिडलाई धक्का


काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तरगत शनिबार राति भएको खेलमा शीर्ष स्थानमा रहेको बार्सिलोनाले शानदार जित दर्ता गरेको छ ।

उता गत सिजनको विजेता रियल मड्रिड बराबरीमा रोकिन पुग्दा उपाधि दौडमा धक्का लागेको छ । बार्सिलोनाले लेगानेसलाई ३–० ले पराजित गर्दा उपाधि होडमा पछि परिरहेको रियल मड्रिड यथ्लेटिको मड्रिडसँग गोलरहित बराबरीमा रोकियो ।

बार्सिलोनाको जितका लागि सुआरेजले खेलको २८ औं र ६० मिनेटमा गरी २ गोल गरे भने पाउलिन्होले ९० मिनेटमा एक गोल गरे । उता यस सिजनको सुरुदेखि नै पछि परिरहेको रियल मड्रिड एथ्लेटिको मड्रिडसँग अंक बाड्न बाध्य भयो ।

१२ खेल खेलेको बार्सिलोना ३४ अंकसहित तालिकाको शीर्ष स्थानमा कायम रहेको छ । ११ खेल मात्रै खेलेको भ्यालेन्सिया २७ अंक जोडी दोस्रो स्थानमा रहेको छ भने । १२ खेलबाट समान २४-२४ अंक रहेका रियल मड्रिड र एथ्थेटिको मड्रिड क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन् ।

विशेष