मनोरञ्जन

बुर्का लगाउने मुस्लिम महिलाले फेसन र फिल्ममा भविष्य खोज्दा...

बुर्का लगाउने मुस्लिम महिलाले फेसन र फिल्ममा भविष्य खोज्दा...

काठमाडौं । ओशिमा बानु नेपालको मुस्लिम समुदायको प्रतिनिधित्व गर्ने नेपाली फेसन उद्योगमा जम्दै गरेकी एक सुन्दरी हुन् । अष्टे«लिया जस्तो सुन्दर र ऐश आरामको देशमा पढे पनि स्वदेशमै केही गर्नुपर्छ भन्ने भावना बोकेर नेपाल फर्केकी बानुले आफैले ‘हाउस अफ फेसन नेपाल’ भन्ने बुटिक सञ्चालन गरेकी छन् । त्यहाँ नयाँ नयाँ फेसन डिजाइन गरेका लत्ताकपडा बिक्रीका साथै विभिन्न खाले फेसन सो र इभेण्टहरु सञ्चालन हुने गरेको छ ।

यति मात्र होइन उनले सन् २०१३ को मिस नेपालमा समेत भाग लिएकी थिइन् । त्यहाँबाट उनलाई सफलता त मिलेन । यद्यपि उनीमाथि धेरैको ध्यानाकर्षण भयो । उनको चर्चाले पूरै मुस्लिम समुदाय तातियो । अर्कोतर्फ शंकर कार्कीले उनलाई लिएर रोमियो नामक नेपाली फिल्म बनाए । रोमियो अहिले देशभर प्रदर्शन भइरहेको छ ।

एउटा म्यागाजिनमा विवाहसम्बन्धी छापिएको उनको सुन्दर तस्बिरले नेपालको मनोरञ्जन उद्योग नै उनीप्रति आकर्षित भएको थियो । यसपछि भने हिमालयन टाइम्सको फेसन संस्करणमा उनले लामो समय राज गरिसकेकी छन् । उनलाई क्लासिक डाइमण्ड जुलरीले ब्राण्ड एम्बेस्डर नै बनायो । यस्ता धेरै ठाउँबाट उनलाई अफर आए र भ्याए जति स्वीकारिन् ।

नेपालमा मुस्लिम समुदाय पिछडिएको समुदायमा पर्छ । ओशिमा जस्ता महिलाहरु बाहिर आउनु नै ठूलो कुरा हो, झन त्यसमाथि मनोरञ्जन र फेसनमा भविष्य खोज्नु त अल्लाहको विरुद्ध जानु जस्तै हो भन्ने मानसिकतामा यो समुदाय गुज्रिरहेको छ । तर आफ्ना आमा बुवा मुसलमान भएपनि ओशिमालाई हिजाफ र बुर्काले कहिले छोएन । बरु उनलाई यो क्षेत्रमा स्थापित हुन हौसला नै मिल्यो । अझ राष्ट्रिय मानवअधिकार आयोगका आयुक्त तथा प्रवक्ता मोहोना अन्सारीले ओशिमाको कदमलाई स्वागत गरिन् । यस कुराले ओशिमाको हौसला अझै बढ्यो ।

कुरा काट्नेहरुले काटिरहे, ‘मुसलमान भएर छोटो लुगा लगाउन लाज लाग्नु पर्ने’ उनले यो अपमान धेरै ठाउँमा सहनु पर्यो । हुनत कहिलेकााही उनलाई पनि हिनताबोध हुन्छ कतै ‘म मजहबको विरुद्ध त गइन’ भनेर ।, तर पनि आफ्नो कर्ममा दत्तचित्त ओशिमालाई यस्तोे हिनताबोधले रोक्दैन । उनको फेसन यात्रा जारी छ यसबाट उनले नाम र दाम दुबै कमाएकी छन् ।

प्रचार प्रसारमा ध्यान नपुगेर होला उनी अभिनित चलचित्र रोमियोले बक्स अफिसमा धमाल त मच्चाएन । तर उनले देशभरीबाट प्रशंसा भने पाइरहेकी छन् । फिल्ममा उनीलगायत निर्माता हसन राजा, निशा अधिकारी र मेलिना मानन्धरको उत्कुष्ट अभिनय रहेको छ ।

विशेष