मनोरञ्जन

यती सुन्दर महिला प्रहरी, युवा भन्दछन् आफूहरु ३ चार चोटी हत्यारा बनेर थाना जान तयार छौं

यती सुन्दर महिला प्रहरी, युवा भन्दछन् आफूहरु ३ चार चोटी हत्यारा बनेर थाना जान तयार छौं

मुम्बर्इ । हाल सामाजिक संजालमा एक महिला पुलिसकर्मीको तस्बीर भाइरल भइरहेको छ । कसैले यी युवती पंजाबको बठिंडा थानाकी पुलिस अधिकारी ‘हरलिन कौर’ भएको बताए पनि वास्तविकता भने अर्कै छ ।

फेसबुक, ट्वीटर, वाट्सएप लगायतका संजालहरूमा भाइरल भइरहेकी उक्त पुलिस बर्दीधारी महिला कुनै पुलिस एसएचओ नभएर एक्ट्रेस तथा मोडल कायनात अरोरा हुन् ।

उक्त कुराको रहस्य कायनात आफैंले एउट टिभी च्यानलसँगको अन्तरवार्तामा खोलेकी हुन् । सो कुरा उनले आफ्नो इंस्टाग्राम अकाउन्टमा पनि लेखेकी छिन् ।

एक्ट्रेस कायनात हिजोआज पंजावमा ‘जग्गा जेउंदा है’ फिल्मको सुटिंग गरिरहेकी छिन् जसमा उनी एसएचओको भूमिका निभाइरहेकी छिन् । यही मौकामा कसैले उनको फोटो खिचेर सामाजिक संजालमा अपलोड गरेको र अहिले भाइरल हुन पुगेको बताइएको छ ।

भाइरल भइरहेको उक्त फोटोमा विभिन्न किसिमका रमाइला प्रतिक्रियाहरू पनि आइरहेका छन् । युवतीको सुन्दरतालार्इ देखेर कोहीले यति सुन्दर एसएचओ पुलिसथानामा हुने हो भने आफू ३–४ पटक हत्यारा बन्न तयार रहेको प्रतिक्रिया दिएका छन् ।

एक फेसबुक युजरले यस्ती पुलिसलार्इ देखेपछि अपराधीहरू आफैं आत्मसमर्पण गर्न आउँछन् भनी लेखेका छन् ।

सन् २०१० मा फिल्मी करियर शुरु गरेकी कायनातले हिन्दी, तमिल, पंजाबी, तलुगु तथा मलयालम जस्ता फिल्महरूमा काम गरिसकेकी छिन् ।

विशेष