मनोरञ्जन

साहरुख खानलाई छोरीले ब्रो भनेर बोलाउँछिन्

साहरुख खानलाई छोरीले ब्रो भनेर बोलाउँछिन्

एजेन्सी । भारतका किंग खान अर्थात सुपर स्टार शाहरुख खानकी छोरी सुहानाले उनलाई पापा भनेर संबोधन नगर्ने गरेको उनले एक कार्यक्रममा गुनासो गरे ।

अन्य दुई छोराहरु आर्यन र बदब्राहमले भने शाहरुखलाई पापा नै भन्ने गरेको भएपनि सुहानाले बोली फुटे देखिनै शाहरुखलाई ‘ब्रो’ भनेर बोलाउने गर्छीन् । शाहरुखलाई यस कुराले केही असर भने गरेको छैन यद्यपी उनलाई सुहानाले गल्ती गरेको जस्तो लाग्छ । तर पनि छोरीको खुशीका लागि उनले त्यस्तो नभन्न कर गर्दैनन् । आफ्नी छोरीसंग सामिप्यता गास्न यस संबोधनले यी बाबुछोरीलाई अझ सजिलो भएको उनको अनुभव छ ।

शाहरुख खान जति ब्यस्त भएपनि श्रीमती गौरी र आफ्ना तीनवटा छोरा छोरीको लागि समय मिलाउने गर्छन् । बिरलै समय मिल्ने गरेकाले पनि बल्ल बल्ल भएको भेटमा छोरीले जे भनेपनि उनका लागि प्रियनै लाग्छ ।

 

विशेष