खेल

महिला टि–ट्वान्टी विश्वकप छनोट : नेपाललाई ९१ रनको लक्ष्य प्रस्तुत

महिला टि–ट्वान्टी विश्वकप छनोट : नेपाललाई ९१ रनको लक्ष्य प्रस्तुत

महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोट खेलमा नेपालले ९१ रनकाे लक्ष्य पाएकाे छ । छनाेट खेलमा नेपाल र आयोजक थाइल्याण्डबीच खेल जारी छ । 

बैंककस्थित टेर्डथाई मैदानमा टस जितेर नेपालले फिल्डिङ राेज्दै थाईल्याण्डलार्इ उच्च रन बनाउन दिएन । पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ९० रन मात्र बनाउन सफल भयाे । थाइल्याण्डका लागि चाइवाइले नटआउट २३ र चन्तमले १८ रनको योगदान दिए ।

नेपालका लागि सिता राना मगरले २, कप्तान रुविना क्षेत्री र करुणा भण्डारीले समान १–१ विकेट लिए । नेपाली टाेली जवाफि ब्याटिङमा मैदानमा उत्रिँदैछ ।

नेपाल आफ्नो पहिलो खेलमा नै घरेलु टिमलाई पराजित गर्दै सुखद सुरुवात गर्ने रणनीतिमा छ । नेपाली टिमले विश्वकप छनोटको लागि लक्षित गर्दै बंगलादेश भ्रमण गरेको थियो । सोमबारदेखि सुरु हुने टि–ट्वान्टी विश्वकप छनोटमा अयोजक थाइल्याण्डसंगै नेपाल, हङकङ, युएई, मलेसिया र चीन गरी ६ राष्ट्र रहेका छन् ।

nepali women cricket world cup qualifiers

विशेष