मुख्य समाचार

समानुपातिक सूचीबाट २५६ को नाम काटियो

समानुपातिक सूचीबाट २५६ को नाम काटियो

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ ।

मंसिर १० र २१ गते दुई चरणमा हुन लागेको निर्वाचनमा दलहरुले बुझाएको सममानुपातिक सूचीका उम्मेदवारको छानबिन गरी आयोगले आइतबार प्रतिनिधि सभाका २ हजार २ सय ७३ जना र प्रदेश सभातर्फ ३ हजार ५ सय ६५ जनाको अन्तिम सूची कायम गरेको हो ।

आयोगले २६५ जनाको नाम कटौती गरेको छ । तीनजना उम्मेदवारले आफ्नो नाम फिर्ता लिएको जनाउँदै आयोगले भने, ‘२ सय ५३ को दाबी विरोध तथा कानुन बमोजिम योग्यता नपुगेकाले उम्मेदवारी रद्द भएको छ ।’

प्रतिनिधिसभा सदस्य निर्वाचन समानुपातिक प्रणालीतर्फ २२ सय ७३ मध्ये १ हजाार ४८ जना पुरुष् र १२ सय २४ जना महिला र १ जना अन्य लिंगका व्यक्तिको उम्मेदवारी कायम भएको छ ।

नागरिक

विशेष