स्वास्थ्य

खोकी लागेको केही घण्टामै छुटकारा पाउन चाहनुहन्छ ? अपनाउनुहोस यी दश घरेलु उपाय

खोकी लागेको केही घण्टामै छुटकारा पाउन चाहनुहन्छ ? अपनाउनुहोस यी दश घरेलु उपाय


काठमाडौं । चिसोमा मौसममा रुघाखोकीको समस्याले धेरैलाई सताँउछ । चिसो मौसममा खोकीले सताएपछि उपचारको लागि हामी डाक्टरकोमा जान्छौं र उनीहरुले लेखिदिएको औषधि खाने गर्छौ तै पनि ठिक हुन केहि दिन लाग्छ । तर घरेलु तरिकाले नै खोकीको उपचार गर्न सकिन्छ र यो उपायले केही घन्टामै हामीले खोकीको समस्याबाट छुटकारा पाउन सक्छौं ।

खोकीको समस्या हटाउने सजिला १० घरेलु तरिका यस्ता छन्

१. मह, अदुवा र कागती पानी: एक चम्चा मह आधा चम्चा अदुवाको पाउडर र एक कप मनतातो कागती पानी मिसाएर पिउनुहोस । यसले खोकी ठिक गर्छ ।

२. किसमिस र अदुवा: आधा मुठ्ठी किसमिसलाई एक चम्चा अदुवाको पाउडरसँग उमालेर पिउनुहोस । यसले आराम मिल्छ ।

३. कागती पानी र किसमिस: एक मुठ्ठी किसमिस पानीमा उमाल्नुहोस यसमा आधा चम्चा कागती पानी मिसाएर दिनमा २ पटक पिउनुहोस ।

४. खुदो: एक एक चम्चा खुदो र अदुवा पिस्नुहोस । यसमा एक चम्चा तुलसीको रस मिसाउनुहोस र सेवन गर्नुहोस । यसलाई दिनमा २ वा ३ चोटी खानुहोस राहत मिल्छ ।

५. मेथी: मेथीको दानालाई पानीमा उमालेर पिउनुहोस खोकी को समस्या हट्छ ।

६. मरिच: एक चम्चा महमा थोरै मरिचको पाउडर मिसाएर खानुहोस । दिनमा २ चोटी यसो गर्नालो सर्दी खोकी दूर हुन्छ ।

७ अदुवा: एक चम्चा अदुवाको पाउडर सँग एक गिलास पानी उमालेर पिउनुहोस । यसले इन्फेक्सन र भाइरससँग बचाँउछ ।

८. बेसार: बिहान बेलुका दुधमा बेसार मिसाएर पिउनुहोस । यसले ब्याक्टेरिया र भाइरसबाट राहत मिल्छ ।

९. अँगुर: आधा कप अँगुरको जुसमा आधा चम्चा पानी मिसाएर बिहानबेलुका पिउनुहोस । यसले खोकीबाट राहत मिल्छ ।

१०. तुलसी: एक कप तातोपानीमा ५–६ तुलसीको पत्ति उमाल्नुहोस । यसलाई ठन्डा गरेर दिनमा २–३ चोटी पिउनुहोस

विशेष