मनोरञ्जन

श्वेता खड्काको फुरफुर

श्वेता खड्काको फुरफुर

काठमाडौं । ठ्याक्कै तीन वर्ष भयो, श्वेता खड्कालाई फिल्ममा देख्न नपाएको ।

पति श्रीकृष्ण श्रेष्ठको निधन भएपछि श्वेता रंगीन संसारबाट टाढा भइन् तर, फिल्मकै कारण श्रीकृष्णसँग जोडी बाँधेकी श्वेता फिल्मबाट सधै टाढा कसरी बस्न सक्थिन र ? नयाँ फिल्म कान्छी लिएर दर्शक माझ आएकी छन् ।

रिलिज मिति तोकिएको छ, माघ २६ । यहि दिन अनमोल केसी अभिनीत फिल्क कृ पनि प्रदर्शन हुँदैछ । यो समय सर्वाधिक स्टारडम भएको भनिएका अनमोलको फिल्मले कान्छीलाई छायामा पर्छ कि भने भय पक्कै थियो श्व्ेतालाई ।

तर चरी चट्ट परी गीत सार्वजनिक भएसँगै उनमा आत्मविश्वस थपिको छ । नथपियोस पनि कसरी, उनले दयाहाङसँग कम्मर मर्काएको दृश्य नेपालको युटुब ट्रेन्डिङको अग्रस्थानमा आएन मात्र, दुई सातामा २५ लाख भ्युज पनि पाएको छ । श्वेता त फुरुङ्गै ।

नेपाल साप्ताहिक

विशेष