समाज

संखुवासभामा अज्ञात समूहबाट गाडी जलाइयो

संखुवासभामा अज्ञात समूहबाट गाडी जलाइयो

संखुवासभा । संखुवासभाको चैनपुरमा अज्ञात समूहले गाडीमा आगजनी गरेको छ। आइतबार राती करिब २ बजे को १ ज २१२३ नम्बरको ल्याण्डरोभर गाडीमा आगजनी गरेको हो ।

बसपार्क नजिकै पार्किङमा राखिएको चैनपुरका आशीष शाक्यको गाडी जलाइएको हो । गाडी कसले र किन जलाएको भन्ने पत्ता लागेको छैन । आगजनी गर्नेहरुको खोजी भइरहेको इन्सपेक्टर वेदप्रसाद गौतमले बताए । उक्त गाडी वाम गठबन्धनका उम्मेदवारहरुले चुनावी प्रचारप्रसारमा प्रयोग गर्दै आएका थिए ।

विशेष