मनोरञ्जन

दीपिकाको सफलतामा साहरुख खानको हात

दीपिकाको सफलतामा साहरुख खानको हात


मुम्बर्इ। करीब १० वर्षको करियरमा दिपिका पादुकोणले बलिउडमा आफ्नो छुट्टै पहिचान बनाइसकेकी छिन् । उनले यो स्थानसम्म आइपुग्न कति संघर्ष गरेकी छिन् त्यो अलग कुरा हो ।

तर के यो सबै सफलता उनको एकल प्रयासबाट भएको हो त ? शायद उनका पिता उनको नाम र ख्यातिका लागि अरु कोहीप्रति कृतज्ञ देखिन्छन् ।
उनका बाबु प्रकाश पादुकोण भन्छन् दिपिका अहिले जे छिन् शाहरुख र फराह खानको कारणले छिन् । किनकि उनीहरूले नै आफ्नो फिल्म ‘ओम शांति ओम’ मा दिपिकालार्इ पहिलो मौका दिएका थिए । दिपिकाको परिवार यसरी नै बलिउडदेखि हलिउडसम्म उनको स्टारडम फैलिरहोस् भन्ने चाहन्छन् ।

दिपिकाको रुचि पहिलेदेखि नै मोडलिंगतर्फ रहेको बताउँदै पिता प्रकाशले पहिलो चोटि छोरीलार्इ ठूलो पर्दामा देख्दा आफू खुशीले पागल भएको बताए ।

बक्स अफिसमा फिल्म हिट भएपछि त झन् खुशी दुर्इ गुना भएको पनि बताए । तर दिपिकाको परिवारलार्इ दिपिकाको सबैभन्दा मन पर्ने फिल्म ‘बाजीराव मस्तानी’ भएको बताउँछन् ।

फिल्म ‘पद्मावती’मा मुख्य भूमिकामा आउँदै गरेकी दिपिकालार्इ ज्यान मार्ने धम्कीसमेत आइरहेको बताइएको छ

विशेष