मनोरञ्जन

अभिनेत्री जिनतलाई बलात्कार गर्न मानेनन् यी खलनायकले

अभिनेत्री जिनतलाई बलात्कार गर्न मानेनन् यी खलनायकले


मुम्बर्इ । बलिउडमा सिधासादा हिरोइनको परिभाषा बदल्न सफल जिनत अमान आफ्नो बोल्डनेस र दमदार अभिनयबाट वर्षौंसम्म दर्शकको मनमा बस्न सफल अभिनेत्री हुन् ।

हाल ६६ वर्षीय जिनत अमानको जीवनमा आधारित बायोपिक बन्दैछ र उक्त बायोपिकमा अभिनयको लागि प्रियंका चोपडाको नाम अगाडि आइरहेको छ । जिनतको जिन्दगीका अनेकौं किस्साहरूमध्ये एउटा रमाइलो प्रसङ्गबारे हामी यहाँ चर्चा गर्दैछौं ।

एक समय डाँकुको विषयलार्इ लिएर थुप्रै हिन्दी फिल्महरू बन्ने गर्थे । एक्टरले मात्र नभएर कहिलेकाहीं एक्ट्रेसले पनि डाँकुको भूमिका निर्वाह गर्नुपर्दथ्यो । फिल्म ‘डाकू हसिना’मा जिनत अमान र राकेश रोशनलार्इ साइन गराइएको थियो भने खलनायकको भूमिका भने रजा मुरादलार्इ दिइएको थियो ।

सन् १९७७ मा बनेको अशोक देव निर्देशित उक्त फिल्म महिला डाँकुमाथि बनाइएको थियो । सो फिल्ममा बलात्कारको दृश्य अनिवार्य थियो । फिल्मको एउटा दृश्य जिनत अमान र रजा मुरादबीचको रेपको सिन खिच्नु पर्ने थियो ।

तर, रजा मुरादले उक्त सिन गर्न मानेनन् । कारण जिनत अमान नाताले रजा मुरादको कजिन (बहिनी) थिइन् । निर्देशकले उनलार्इ मनाउने लाख कोशिश गरे तर नसकेपछि उनले सम्झाउने जिम्मा जिनतलार्इ नै सुम्पिदिए । जिनतले रजालार्इ एक्टरले नाता होइन काम देखाउनु पर्छ भनेर सम्झाएपछि बल्ल उक्त चरित्र निभाउन तयार भएका थिए ।

विशेष