मुख्य समाचार

प्रधानमन्त्रीको देउवाको दबाबपछि पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

प्रधानमन्त्रीको देउवाको दबाबपछि पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

काठमाडौं । निर्वाचनको मुखैमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले आक्रोश पोखेपछि तत्कालका लागि मूल्य नबढ्ने भएको छ । प्रधानमन्त्री देउवाले मूल्यवृद्धि तत्काल फिर्ता लिन निर्देशन दिएपछि आयल निगमको आकस्मिक बैठक बोलाइएको छ । बैठकले पुरानै मूल्यमा पेट्रोलियम पदार्थ बिक्री गर्ने निर्णय लिनेछ । 

स्रोतका अनुसार, प्रधानमन्त्री शेरबहादुर देउवाले आपूर्ति मन्त्री जयन्त चन्द र मुख्यसचिव लोकदर्शन रेग्मीलाई सम्पर्क गरेर चुनावका बेलामा मूल्यवृद्धि नगर्न र तत्काल निर्णय फिर्ता लिन निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनलगत्तै मुख्यसचिव रेग्मीले आपूर्ति मन्त्रालयलाई मूल्यवृद्धि फिर्ता गर्न निर्देशन दिएका थिए ।

निगमले बुधबार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको थियो । एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ बढाइएको थियो । नियमले नियमितरुपमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आइरहेको छ । यसैक्रममा बुधबार पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको थियो । मूल्य घटाउने प्रधानमन्त्रीको निर्देशनले निगमलाई २२ करोड घाटा हुने निगम स्रोतले बतायो ।

 

विशेष