समाज

हिन्दू अधिराज्य पुनर्स्थापनाको नेतृत्व महासंघले लिने

हिन्दू अधिराज्य  पुनर्स्थापनाको नेतृत्व महासंघले लिने

काठमाडौ । बदलिएको परिवेशमा ‘हिन्दू अधिराज्य नेपाल’  पुनर्स्थापना  कसरी गर्न सकिन्छ भन्ने विषयमा राजधानीमा एक वृहत अन्तरक्रिया सम्पन्न भएको छ ।

विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियको आयोजनामा सम्पन्न अन्तरक्रियाका वक्ताहरुले महासंघले नै उद्देश्य पूरा गर्न नेतृत्व लिनु पर्ने धारणा राखे । अधिकांशको धारणा थियो, ‘हरेक अभियानमा नेतृत्व चाहिन्छ, हिन्दूहरुको छाता संगठन भनेकै विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय हो । यसैको छातामुनीबाट अभियान चलोस । हामी सबै तयार छौं ।’ महासंघकी महासचिव अस्मिता भण्डारीले सबैको भावना बुझेर महासंघले उपयुक्त निर्णय र अभियानहरु सञ्चालन गर्ने प्रतिबद्धता जनाइन् ।

कार्यक्रममा विभिन्न धार्मिक संघ संस्थाका प्रतिनिधि, धर्मगुरुहरु, हिन्दूधर्मका आस्थावानहरुको सहभागीता थियो । महासंघले प्राप्त सुझावको आधारमा महाअभियानका लागि योजनावद्धरुपमा विभिन्न कार्यक्रमको आयोजना गर्दै तार्किक लक्ष्य प्राप्तितर्फ अग्रसर हुने तयारी गरेको छ ।

 

विशेष