आचारसंहिताको खिल्ली उडाउँदै सरकारले चुनावको मुखैमा गर्यो तीन सिडिओको सरुवा, को–को परे
काठमाडौं । प्रतिनिधि सभा एवं प्रदेश सभाको निर्वाचन हुन पाँच दिन मात्र बाँकी रहँदा मंगलबार गृह मन्त्रालयले तीन प्रमुख जिल्ला अधिकारी सिडिओको सरुवा गरेको छ ।
नुवाकोटका सिडिओ जगदशीराज बराल, रसुवाका सिडिओ हिरादेवी पौडेल र सोलुखुम्बुका सिडिओ भुपेन्द्र थापाको सरुवा गरिएको गृह मन्त्रालयका प्रवक्ता नारायण शर्माले बताए ।
सरुवा गरेका सिडिओ बराललाई गृह मन्त्रालय तानिएको छ, त्यस्तै पौडेललाई त्रिभुवन विमानस्थल अध्यागमन विभागमा सरुवा गरिएको छ भने थापालाई मध्य क्षेत्रीय प्रशासन कार्यालय हेटौंडा सरुवा गरिएको छ ।
सोलुखुम्बुमा नयाँ सिडिओ सुनिल खनाल, नुवाकोटमा वीरेन्द्र यादब तथा रसुवामा चोमेन्द्र न्यौपानेलाई पठाउने तयारी गरिएको गृह स्रोतले बताएको छ ।