मुख्य समाचार

जब सशस्त्रका पूर्व एआईजीले पूर्व आईजीपीको भ्रष्टाचारसम्बन्धी समाचार फेसबुकमा पोष्ट गरे

जब सशस्त्रका पूर्व एआईजीले पूर्व आईजीपीको भ्रष्टाचारसम्बन्धी समाचार फेसबुकमा पोष्ट गरे

काठमाडौं । सशस्त्र प्रहरी बलका पूर्वआइजीपी दुर्जकुमार राई र ठेकेदार मिलेर गतबर्ष नेपाल गुणस्तर तथा नापतौल विभागको पत्र कीर्ते गरेर ४३ हजार मिटर सुती कपडा खरिद गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अन्तिम चरणमा पु-याएको खबर छ ।

आयोगले छानबिन अन्तिम चरणमा पु¥याए पनि विशेष अदालतमा मुद्दा दायर गरेको छैन । सशस्त्रले मागेको ४३ हजार मिटर सुती कपडामध्ये ठेकेदारले उपलब्ध गराएको २७ हजार ९६ मिटर कमसल गुणस्तरको कपडाको भुक्तानी दिन गुणस्तर विभागको पत्र कीर्ते गरेको पाइएको हो । ठेकेदार कम्पनी नारायणदास श्रीनिवास र सशस्त्र प्रहरी बल नेतृत्वले गुणस्तर विभागको पत्र नै कीर्ते गरेका थिए । कीर्ते पत्रमा गुणस्तर विभागका प्राविधिक उपसचिव सुशील साह,  प्राविधिक अधिकृत किरण सुवेदीले हस्ताक्षर गरेका थिए । कीर्ते पत्र तयार गर्ने काम प्राविधिक नायब सुब्बा कृष्ण महतले तयार गरेको स्रोतको दावी छ  ।

गुणस्तरको कीर्ते पत्र तयार गर्ने महत र हस्ताक्षर गर्ने किरण सुवेदी र सुशील साहसंग अख्तियारले तिहारअघि समेत बयान लिएको स्रोतले बताएको छ । अख्तियारले कीर्ते पत्र तयार गर्नेहरुलाई गतबर्ष नै मुद्दा दायर गर्ने तयारी गरेको भए पनि तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिको दबाबमा रोकिएको थियो । सशस्त्रका तत्कालीन आइजीपी दुर्जकुमार राई र गुणस्तर विभागका प्राविधिक उपसचिव सुशील साहको जोडमा निधिले अख्तियारको छानबिन रोकेको आरोप छ ।

छानबिनका क्रममा ठेकेदारले उपलब्ध गराएको कपडाको गुणस्तर मापदण्ड आफूखुसी बढाएको भेटिएको थियो । विभागको पत्र संख्या १३११ र चलानी नम्बर २७२८ को पत्रमा कपडाको गुणस्तर सशस्त्रले मागेको भन्दा ६० अंक कम रहे पनि प्रशासन महाशाखा र महानिरीक्षकको सचिवालयका अधिकारीको मिलेमतोमा गुणस्तर बढाएर ठेकेदार नारायणदास श्रीनिवासलाई भुक्तानी दिइएको थियो । नारायणदास श्रीनिवास नामक ठेकेदार कम्पनी रतन संघाई र पवन संघाईको हो । रतन लागूऔषध स्यूडो काण्डमा जेल परी रिहा भएका ब्यक्ति हुन् भने पवन फरार अभियुक्त हुन् । नारायणदास श्रीनिवासमा संघाईले साझेदारका रुपमा पिताम्बर मुन्कालाई राखेका छन् । कम्पनी संघाईको भए पनि सबै ठेक्काको डिल मुन्काले गर्दैआएका छन् ।

विभागले कपडाको वेफ्ट डायमिटर २९९ रहेको पत्र सशस्त्रको प्रशासन महाशाखामा पठाएको भए पनि प्रशासन विभाग र महानिरीक्षकको सचिवालयले वेफ्ट डायमिटर ३६० बनाएको र्कीते पत्रका आधारमा ७२ लाख २६ हजार १ सय २० रुपैयाँ भुक्तानी दिइएको थियो । विभागले उपलब्ध गराएको नतिजा पत्रको हुबहु र्कीते नतिजामा सबै एकसमान रहे पनि कपडाको गुणस्तरको अंक मात्र बढाइएको छ । सशस्त्रले पोसाकका लागि आवश्यक सुती कपडा २०७२ चैतमा माग गरेबमोजिम वेफ्ट डायमिटर ३६० भन्दा तीन अंक कम वा तीन अंक बढीसम्मलाई मान्यता दिने र खरिद गर्ने आधार तय गरेको थियो ।

एकै चलानी नम्बरका दुई पत्र विभागबाट बनाइएको पाइएपछि यसमा छानबिन सुरु भएको थियो । 

(पूर्व एआईजी श्रेष्ठले आफ्नो फेसबुकमा पोष्ट गरेको यो समाचार) 

फेसबुक वालमा पूर्व एआईजी श्रेष्ठले यो पनि लेखेका छन् ।

ईमान्दार नफसुन । भ्रष्टाचारी नउम्किउन " 
Hate corruption. Save our Nation!

संगठनमा पुरानो घाउ नभिल्लीदै फेरी अर्को दुःखदवरको निरन्तरता ??? ...पूर्व संगठन प्रमुख कै खवर देशको प्रतिष्ठित प्रत्रिकामा आउनुले झसंग पारेको छ । प्रसंग घुस खोरी र कागजपत्र मिलान समाचारको :...अाखिर किन सुधार हुन सक्दैनन ? कपडा खरिद कीर्ते काण्ड : तानिदै पूर्वआइजीपी ???...सांघुकाे खवरमा अाएकाे याे समाचारको आधार सत्यता तथा यथार्रथता क्रमशः आमजानकारीमा अाउछ होला नै। विगतवाट सिकेर सुधार हुदैन भने त्यस्ता नेतृत्व तथा सम्वद्धलाई यथाशीघ्र कानूनी कठघरामा उभ्याउनुको विकल्प छैन । एक पछि अर्को के कम जस्तै मुसेतातिमा पुग्न खोच्छन भने कर्मको फल पाउने नै छन । अकुत सम्पति तथा घुसखोरी र षडयन्त्रको पापको फलस्वरुप सत्य ढाकछोप गर्दा कीर्ते मुद्धा समेत खडाभएको मसि नसुक्दै फेरी प्रसंग घुस खोरी र कागजपत्र मिलानमा पूर्व संगठन प्रमुख कै खवर देशको प्रतिष्ठित प्रत्रिकामा आउनुले झसंग पारेको छ । Hate corruption. Save our Nation!
देशमा अकुत सम्पतिको होडवाजी, राजनैतिक संरक्षण, उच्च पदको वढुवामा हुने मोल मोलाई र ठेक्का वोले झै गरी जिम्मा लिने शक्ति केन्द्रमा प्रभावमा जाने अरुलाई फालेर अघि वढने र तस्क्र नेता तथा नालायक नेतृत्वको भरमा पर्दै गयो भने ईमान्दार पनि अपराधका सहभागि हुन पुग्दछन । अखिर सत्य लुक्दैन भन्ने उखान चरितार्थ हुन्छ नै । 
Hate corruption. Save our Nation!

४३ हजार मिटर कपडा खरिद कीर्ते काण्ड : तानिदै पूर्वआइजीपी ???... प्रसंग घुस खोरी र कागजपत्र मिलान र संगठन प्रमुख ... यो समाचारको आधार सत्यता तथा यथार्रथता क्रमशः आमजानकारीमा अाउछ होला नै । वडा अचम्म लागि रहेछ, दुःख पनि । Hate corruption. Save our Nation!

तत्कालीन केही उच्च नेताहरु तथा शक्ति केन्द्रलाई कुप्रभाव र लोभलालालचाम पारी आधुनिक विश्व कै इतिहासमा रेकर्ड राख्दै आधारभूत तालिम नगरेका र सुरक्षा फौजलाई कमाण्डका लागि विकास नै नगरिएका एक आर्कीटेक्ट ईन्जिनिएर वन्तलाई माध्यम वनाई अकुत सम्पत्ति आर्जनमा लागेका राजनीति, तस्कर व्यापारी तथा संगठन भित्रकै कमजोर मानसिकता भएका र अरुका खुट्टा काटेर आफ्नो भलो गर्ने कमजोर व्यकितवादी सोच, एसमेन प्रवृतिका व्यक्ति विशेषको जालो अझै ननासिनु, त्यस्तै प्रवृति वाकी रहीरहनुले संगठनमा नै वृहत छानमिन भई आमुल परिवर्तन र सुधारको कदम चालिनु अपरिहार्य देखिन्छ । विगतजाट किन उच्च नेतृत्वहरुले पाठ सिकेर किन सुधार विकास गरी उदाहरण कायम गर्न सकदैन ? त्यसैले अव आईजी भन्दा माथिका तथा त्यस्ता गलत व्यापारी तथा देशका आर्थिक प्रशासनका अधिकृत, चाटर एकाण्टेन्ट, व्रोकरहरुलाई कानूनको कटघरामा ल्याएन भने संगठन मात्रै होईन देशको सिंगो सुरक्षामा खलल पुग्ने छ । 
Hate corruption. Save our Nation!

विशेष अवस्थामा खडा भएको अधैशैनिक प्रकतिको सुरक्षा फौज सशस्त्त प्रहरीवललाई नै ईतिहासमा धप्पालगाई चटके पारामा संगठन भित्र नै भष्मासुर वनी अनुत्तरदायी रही फौजको मूल्य मान्नेतालाई ओझलमा पारी फौजका ईमान्दारीहरुलाई वनावटी परिपन्च र षडयन्त्रमा मान ईज्जतमा आघात पुगाई, चरित्रहत्या, मुढेवलका भरमा जातिय, क्षेत्रीय तथा राजनीतिक प्रभावमा नेतृत्व गर्ने र ग्रैह कानूनी र प्रवृतिवाट अकुत कमाउने शक्ति केन्द्रमा वुझाउने आफू पनि मोज गर्ने कमाण्ड शैलीलाई समयमा नै निरुत्साहित गरौ । 
Hate corruption. Save our Nation!

आम संचारले पनि यर्थातमा रही समाचार प्रशारण गर्ने तर्फ ध्यान दिदा अनैतिक कृयाकलाप र घुषखोरीलाई जडैदेखी मासेर सुसंस्कारको विकासमा टेवा पुग्ने छ । 
Hate corruption. Save our Nation!

https://www.facebook.com/permalink.php?story_fbid=1612002138820962&id=795500723804445

 

विशेष