स्वास्थ्य

सेक्स र विवाहपछि महिलामा यस्ता बदलाव आउँछन्

सेक्स र विवाहपछि महिलामा यस्ता बदलाव आउँछन्

एजेन्सी । विवाहपछि महिलामा मानसिक, भावनात्मक र शारीरिक परिवर्तन आउँछन् । भारतको एमपी मेडिकल साइन्स युनिभर्सिटीमा एनाटोमी र फिजियोलोजी डिपार्टमेन्टकी एसोसियट प्रोफेसर डा. नम्रता दुबेकेका अनुसार, महिलाका पाठेघर बच्चा जन्माउनका लागि बनेको हुन्छ । प्युबर्टी पछि त्यसमा अण्डा बन्ने प्रक्रिया सुरु हुन्छ । महिनावारीको सुरुवात हुन्छ र उनीहरु यौन सम्पर्कका लागि तयार हुन्छन् । विवाह भएपछि उनीहरुको बच्चा पाउने अंग पनि पहिलाको तुलनामा परिपक्व हुँदै जान्छ ।

फर्टिलिटी एक्सपर्ट डा. रणधीर सिंहका अनुसार, विवाह पछि महिलाले श्रीमानसँग शारीरिक सम्बन्ध राख्छन् र उनीहरुको पाठेघर बच्चा जन्माउनका लागि तयार हुन्छ । त्यस समय उनीहरुको पाठेघरमा एस्ट्रोजन नामको हर्मोनको लेभल बढ्छ । त्यही हर्मोन्स एक्टिभ भएकै कारण महिलामा शारीरिक र मानसिक परिवर्तन देखिन्छ ।

विवाह पछि महिलामा हर्मोनल परिवर्तन आउने हुनाले उनीहरुको वजन पनि बढ्ने गर्छ । विवाह पछि उनीहरुमा कयौं यस्ता हर्मोन्स उत्पन्न हुन्छ जसले गर्दा उनीहरुको छाला कोमल, चम्किलो र स्वस्थ हुन्छ ।

एस्ट्रोजन नाम गरेको हर्मोन महिलाहरुमा विवाह पछि बढ्छ, जसले गर्दा उनीहरुको कपाल पनि बाक्लो र कालो हुन्छ । यसले मुटुलाई पनि स्वस्थ्य राख्नमा मद्दत पु¥याउँछ । त्यस्तैगरी विवाह पछि महिलाको पाठेघरमा पनि सेन्सेटिभिटी बढ्छ । उनीहरुको पाठेघर स्पर्शबाट ज्यादा सेन्सेटिभ हुने गर्छ । यसका साथै एस्ट्रोजनले पाठेघरबाट आउने गन्धलाई पनि तेज बनाइदिन्छ ।

विवाह पछि महिलाहरुको शरीरमा फ्याट बढ्छ । उनीहरुको पेट, थाइज, पाखुरा र छातीमा मोटोपना जम्ने गर्छ । यस्तो समयमा उनीहरुको हर्मोन्स एक्टिभ हुने हुँदा उनीहरुको तनाव पनि कम हुन्छ । जसको कारण दिमाग एक्टिभ र स्वस्थ्य हुन्छ ।

विशेष