सर्वोच्च अदालतमा बम राखेको हल्ला साबित, आजका बहस र पेशी सबै स्थगित
काठमाडौं । रामशाहस्थित सर्वोच्च अदालतमा बम राखेको हल्ला साबित भएको छ ।
सर्वोच्चमा ४२८११७३ को ल्यान्डलाइन नम्बरबाट एक अपरिचित व्यक्तिले बम राखेको जनाउ दिएका थिए । सर्वोच्च परिसर खालि गरेर बमको खोजि गरेपनि केहि नभेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीले कुकुरको सहयोगमा बमको खोजि गरे पनि बम राखिएको हल्लापछि नेपाली सेनाको बम डिस्पोजल टोली अदालतमा पुगेको थियो ।
अहिले प्रहरीको बम डिस्पोजेवल पनि फर्किएको छ । सर्वोच्चले बमको हल्ला चलेपछि आजका बहस र पेशी सबै स्थगित गरेको छ