हातखुट्टा र टाउको काटिएको अवस्थामा महिलाको शव फेला

राजविराज । सप्तरीको हनुमानगर कंकालनी नगरपालिका– ५ स्थित कोशी पलारमा हातखुट्टा, शरीर र टाउको छुट्टाछुट्टै काटिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।
जिल्लाको कोशी पलारको झाडीमा दुवै हात, दुबै खुट्टा र टाउको समेत काटिएको र बोरामा बाँधिएको अवस्थामा आज शव फेला परेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।
अन्दाजी ३०–३५ वर्षकी ती महिलाको पहिचान हुन नसकेको र यस बारेमा तीव्ररुपमा अनुसन्धान भइरहेको उनले बताए ।
murder