जब शोकसभामा प्रकाश दाहालको नाम लिइयो, आमा सीताको भयो यो हालत
काठमाडौं । चितवनमा आयोजित वाम गठबन्धनको चुनावी सभामा प्रचण्ड र सीता दाहाल सँगै उपस्थित छन् । यही क्रममा सीता दाहाललाई केही अप्ठ्यारो महसुस भएपछि सुरक्षाकर्मीहरुले हात समातेर मञ्चबाट बाहिर आराम गराउन लगे । उनी मञ्चमा बस्न सकिनन् । प्रकाशको नाम लिनेबित्तिक्कै उनले आफूलाई सम्हाल्न सकिनन् । बिना र प्रचण्ड भने सुक्सुकाउँदै मन बलियो पारेको जस्तो गरे ।
जनसभालाई श्रद्धाञ्जली सभामा रुपान्तरण गरेपछि प्रचण्ड आज पहिलो पटक चितवनमा जनतामाझ पुगेका हुन् । उनको आजको सम्बोधन देश विदेशबाट विशेष चासोका साथ हेरिएको भएपनि उनले उक्त सभामा सम्बोधन गर्ने छैनन् ।