राजमार्गमा सकेट बम, यात्रु आतंकित

मलेखु, धादिङ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२, बिहानी पम्प नजिकै राजमार्गमा आज दिउँसो सकेट बम फेला परेको छ ।
चुनाव बहिष्कार गरेको नेकपा विप्लब नेतृत्वको माओवादीले राखेको बमका कारण पृथ्वी राजमार्गको ३ः३० देखि ४ः३० सम्म यातायात अवरुद्ध भएको थियो । राजमार्गको सडक छेउमा सकेट बम राखिएपछि सवारीसाधन रोकेर प्रहरी र सेनालाई खबर गरिएको थियो ।
राजमार्गमा बम राखेको खबर पाएपछि सेनाको बम डिस्पोजल टोलीले बम निस्क्रिय गरेपछि यातायात सञ्चालन भएको प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।