स्वास्थ्य

दुब्लो हुनुहुन्छ ? यसरी मोटाउनुहोस्

दुब्लो हुनुहुन्छ ? यसरी मोटाउनुहोस्

एजेन्सी । अन्डरवेट (कम तौल भएका) मानिसहरुलाई भोक नलाग्ने समस्या हुन्छ । त्यसकारण उनीहरु पर्याप्त डाइट लिँदैनन् जसकारण उनीहरुको वजन बढ्दैन । भारतको ग्रेटर कैलाश हस्पिटलका चिफ क्लिनिकल डाइटिसियन डा. बिनिता जयसवालाले भोक लगाउने पाँच महत्वपूर्ण उपायबारे बताएकी छिन् । यस्ता छन् भोक नलाग्ने कारण ।

अनियमित महिनावारी : महिनावारीको समयमा शरीरमा हर्मोनल परिवर्तन आउँछ । त्यस समय कम भोक लाग्ने हुन्छ ।

औषधीको सेवन : केही किसिमका औषधिले डाइजेसनमा खराबी हुन्छ । जसले गर्दा भोक कम लाग्छ ।

पेट खराब हुनु : पेटको समस्या यदि लामो समयसम्म भइरह्यो भने पनि भोक कम लाग्ने समस्या हुन्छ ।

यस्ता छन् वजन बढाउने उपाय

काजु : काजुमा क्यालोरीको मात्रा धेरै हुन्छ र गुड फ्याट्स हुन्छ । यसलाई घ्युमा फ्राई गरेर खायो भने वजन बढ्छ ।

दही : दहीमा हुने गुड ब्याक्टेरियाले गर्दा भोक धेरै लाग्छ । क्रिम राखिएको दहीले वजन बढाउनमा मद्दत गर्छ ।

अनार : अनारमा एन्टिअक्सीडेन्ट्स हुन्छ । जसले भोक बढाउँछ । हरेक दिन एक गिलास अनारको जुस पिउँदा वजन छिट्टै बढ्छ ।

केरा : केरामा सुगर र क्यालोरी ज्यादा हुन्छ । जसले गर्दा वजन बढ्छ । दुधसँग केरा खाँदा पनि फाइदा हुन्छ ।

सुन्तलाको जुस : सुन्तलाको जुसमा उच्च क्यालोरी र गुलियो बढी हुन्छ । जसले गर्दा वजन बढ्छ । हरेक दिन एक गिलास सुन्तलाको जुस खानाले शरीरलाई फाइदा पुग्छ ।

चिज र बटर : चिज र बटरजस्ता चिज आफ्नो खानामा दैनिक सामेल गर्दा पनि वजन बढ्छ ।

विशेष