मुख्य समाचार

कमलादी गोलीकाण्डका अभियुक्त भारतीय प्रहरी भएको खुलासा

कमलादी गोलीकाण्डका अभियुक्त भारतीय प्रहरी भएको खुलासा

काठमाडौँ । बुधबार साँझ काठमाडौँको कमलादी क्षेत्रमा भएको गोलीकाण्डमा नयाँ रहस्य बाहिर आएको छ । प्रहरीले पेस्तोल र ठूलो मात्रामा गोली गठ्ठासहित पक्राउ गरेको दुई जना भारतीय नागरिकसँग भारतीय प्रहरीको परिचयपत्र फेला पारेको हो ।

पछिल्लो समय भारतीय सुटरहरु नेपालमा पक्राउ पर्ने क्रम बढेकाले प्रहरीले उनीहरुलाई आपराधिक गिरोहकै सदस्य रहेको अनुमान गरेको थियो । तर, उनीहरुसँग प्रहरीको परिचयपत्र भेटिएपछि घटनाले नयाँ मोड लिएको छ । दुवैलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त राखिएको थियो ।

अहिले नेपाल प्रहरीको डिआइजीको कमाण्डमा रहने विशेष व्युरोले घटनाको अनुसन्धान शुरु गरेको प्रहरी स्रोतले बतायो । उनीहरुले प्रयोग गर्ने पेस्तोल समेत भारतीय रक्षा मन्त्रालय अन्तर्गतको कारखानाबाट उत्पादीत भएको पाइएको छ ।

विशेष