मनोरञ्जन

जन्मदिनमा शाहरुख खानले खोले आफ्नै विषयमा यस्तो रहस्य

जन्मदिनमा शाहरुख खानले खोले आफ्नै विषयमा यस्तो रहस्य

एजेन्सी । आज २ नोभेम्बरका दिन बलिउड अभिनेता शाहरुख खानको जन्मदिन हो । छोटो पर्दाबाट शाहरुखले आफ्नो फिल्मी करियर सुरु गरेका थिए । त्यसबेलादेखि शाहरुखलाई कहिले पनि पछि फर्केर हेर्नु परेन । उनले अहिलेसम्म बेस्ट एक्टरका लागि आठवटा फिल्मफेयर अवार्ड जितिसकेका छन् । यसका साथै उनी पद्म श्री अवार्डबाट पनि सम्मानित भइसकेका छन् ।

शाहरुख फिल्ममा आफ्नो रोमान्टिक भूमिका निभाएर सबैभन्दा बढी चर्चित छन् । आँखामा हेरेर डायलग बोल्ने होस् या शाहरुखको सिग्नेचर स्टेपको, आम युवतीदेखि लिएर महिलासम्म उनमा फिदा हुन्छन् । यसबारेमा शाहरुख भन्छन्, ‘मानिसहरुले मलाई रोमान्टिक बोयमा सीमित गरिदिएका छन् । हात फिजाएर रोमान्स गर्नु मेरो विशेषता हो । जब की सच्चाइ यसको ठिक उल्टो छ । म रियल लाइफमा बिलकुल रोमान्टिक छैन । त्यही पनि मलाई एक कम्पार्टमेन्टमा हालिदिएको छ की आज म त्यस छविको आनन्द भने लिइरहेको छु ।’

शाहरुखलाई लामो समयसम्म सुत्न मन पर्दैन । त्यसकारण उनी भन्छन्, ‘म सधैं बाध्यताले दिनमा पाँच देखि छ घण्टा सुत्ने गर्छु । जसकारण क्यामेराको अघि ताजा बनिरहन सकुँ ।’ फिल्ममा अलग अलग भूमिका निभाउनका लागि आफू किताबको मद्दत लिने गरेको उनी बताउँछन् ।

विशेष