खेल

महिला क्रिकेट विश्वकपः एसियाली छनोटको लागि नेपाली टोलीको घोषणा

महिला क्रिकेट विश्वकपः एसियाली छनोटको लागि नेपाली टोलीको घोषणा

आइसीसी महिला टि–२० विश्वकपअन्गर्तत एसियाली छनोटका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा भएको छ ।

आइसीसीका प्रतिनिधि अनिमुल इस्लाम, पुरुष टोलीका प्रशिक्षक जगत टमाटा, महिला टोलीका प्रशिक्षक सामसन थापा र कप्तान रुविना क्षेत्री सम्मिलित छनोट समिटिले नेपाली टोलीको घोषणा गरेको हो ।

रुविना क्षेत्रीको कप्तानीमा ३ वैकल्पिक खेलाडीसहित १७ सदस्यीय टोलीको घोषणा गरेको हो ।

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको सदस्यः

रुविना क्षेत्री (कप्तान)
सीता राना मगर (उप–कप्तान)
नेरी थापा
इन्दु बर्मा
काजल श्रेष्ठ
सरिता मगर
रोमा थापा
सोनु खड्का
लक्ष्मी चौधरी
करुणा भण्डारी
सवनम राई
रितु कनोजिया
संगीता राई

वैकल्पिक खेलाडी
नितु भण्डारी
कविता कुँवर
रेखा रावल

आगामी मंसिर ४ देखि ११ गतेसम्म थाइल्याण्डमा सन् २०१८ मा हुने महिला टि–२० विश्वकपमा लागि एसियाली छनोट हुनेछ । प्रतियोगितामा नेपाल र थाइल्याण्डसहित चीन, मलेसिया, हङकङ र युएई गरी ६ टोलीको सहभागिता हुनेछ ।

नेपालले आफ्नो पहिलो खेल मंसिर ४ गते आयोजक थाइल्याण्डसँग खेल्नेछ । त्यस्तै ५ गते हङकङ, ७ गते युएई, ८ गते मलेसिया र १० गते चीनविरुद्ध खेल्नेछ ।

प्रतियोगिताको उपाधि विजेता टोली आईसीसी महिला टि–२० विश्वकपको ग्लोवल क्वालिफायरका लागि छनोट हुनेछ ।

Women Cricket

विशेष