मुख्य समाचार

केपी ओलीद्वारा अण्डर १९ क्रिकेट टोलीलाई जनही १० हजार दिने घोषणा

केपी ओलीद्वारा अण्डर १९ क्रिकेट टोलीलाई जनही १० हजार दिने घोषणा

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले मलेसियामा उत्कृष्ट प्रदर्शन गरेको यू– १९ नेपाली क्रिकेट टोलीलाई जनही १० हजार रुपैया“ दिने घोषणा गरेका छन् ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीले सोमबार काठमाडौंमा आयोजना गरेको ‘यू– १९ नेपाली क्रिकेट टिम सम्मान कार्यक्रम’मा अध्यक्ष ओलीले जनही १० हजार रुपैया“ दिने घोषणा गरेका हुन् । ‘सीमित स्रोत र साधनका बाबजुत नेपाली क्रिकेट टिमले गरेको प्रदर्शन सम्मान गर्न लायक छ,’ भन्दै उनले भने ‘म व्यक्तिगतरुपमा सबै खेलाडी, प्रशिक्षक र व्यवस्थापक टिमलाई जनही १० हजार रुपैया“ दिने घोषणा गर्दछु ।’

ओलीले चुनावपछि बन्ने सरकारले खेल र खेलाडीको प्रबद्र्धनका लागि ठोस योजना ल्याउने पनि बताए । ‘खेलमा सहभागी भएपछि नेपालको जित्ने बानी परेको छ,’ उनले भे, ‘त्यस्तो बानी सधैं रहिरहोस् ।’

ओलीले खेलाडी छनोटमा विचार पु¥याउन सके उत्कृष्ट नतिजा आउनेमा दुईमत नरहेको बताउ“दै त्यसतर्फ निष्पक्ष भएर काम गर्न राष्ट्रिय खेलकुद परिषद्को ध्यानाकर्षण गराए ।

विशेष