मुख्य समाचार

राज्यमन्त्री खड्काको घरमा बम विष्फोट

राज्यमन्त्री खड्काको घरमा बम विष्फोट


बागलुङ । सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काको बागलुङ नगरपालिका–२ स्थित घरमा गएराति बम विस्फोट भएको छ।

राति ११ बजे भएको विस्फोटनबाट कुनै मानवीय क्षति भएको छैन। प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन क्षेत्र नं १ की उम्मेदवारसमेत रहेकी राज्यमन्त्री खड्का घरमै रहेको समयमा एक्कासि ठूलो आवाजसहित बम विस्फोट भएको थियो।

घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक चन्द्रकुबेर खापुङले बताए। विस्फोटन गराउने समूहको पहिचान नभए पनि चुनाव बहिष्कारमा लागेको नेपाल कम्युनिस्ट पार्टीले गराएको हुन सक्ने आशंका गरिएको छ।

मध्यरातमा एक्कासि ठूलो आवाजसहित बम विस्फोट भएपछि बजारवासी त्रस्त थिए। विस्फोटनलगत्तै प्रहरीले घटनास्थललाई घेराउ गरेर राखेको छ। बम विस्फोटनबाट घरअघि आँगनमा रहेको पर्खालमा सामान्य क्षति पुगेको छ।

विशेष