मनोरञ्जन

दौरा सुरुवालमा भेटिए बलिउडका यी चर्चित खलनायक

दौरा सुरुवालमा भेटिए बलिउडका यी चर्चित खलनायक


काठमाडौं । बलिउडका चर्चित खलनायक गुलसन ग्रोवर एक फिल्म सुटिङका लागि नेपालमा छन् ।

लगभग गोप्य रुपमै सुटिङ गरिरहेका गुलसनलाई अभिनेत्री मनीषा कोइरालाले इन्स्टाग्राममार्फत स्वागत गरेकी छन् ।   उनले ग्रोवरलाई ट्याग गर्दै अभिनेत्री मनीषा कोइरालाले ‘नेपालमा स्वागत छ मेरो प्रिय मित्र’ लेखेकी थिइन् । मनीषाको स्वागतलाई धन्यवाद दिँदै गुलसनले कमेन्टमा लेखेका छन्, ‘मेरो प्रिय साथी मनीषालाई धन्यवाद । मैले यो सुन्दर देश नेपालको संस्कृति र यहाँका प्रिय मानिसहरुको बारेमा तिमीबाट धेरै कुरा सिकेको छु ।’  

रोचक त के भने, पाटन दरबार स्क्वायरमा सुटिङ गरिरहेका गुलसन शुद्ध नेपाली पहिरनमा ठाँटिएका छन् । उनको पहिरनको विषयलाई लिएर थुप्रै नेपालीले समेत उनको कामको प्रशंसा गरेका छन् ।   बलिउडका ‘ब्याड ब्वाई’ को नामले चिनिने गुलसनले नीलो रंगको दौरा–सुरुवाल, कालो जुत्ता, ढाकाको कोट र ढाका टोपी नै लगाएका छन् । साथै कालो चस्मामा देखिएका उनको सार्वजनिक भएको उक्त तस्वीर सुटिङकै क्रममा खिचिएको बुझिन्छ ।  

बलिउडमा स्थापित अभिनेत्री मनीषा र गुलशन असाध्यै मिल्ने साथी मात्रै नभएर उनीहरुले दर्जनौँ फिल्ममा सँगै काम पनि गरेका थिए । साथै नेपालमा भुकम्प गएको बेला मनीषाको आग्रहमा गुलसनले नेपालमा राहत सहयोग समेत गरेका थिए ।

विशेष