खेल

नेपालको लगातार दोस्रो हार, बहराईनसँग ४–० ले पराजित

नेपालको लगातार दोस्रो हार, बहराईनसँग ४–० ले पराजित

 एएफसी यू–१९ फुटबल च्याम्पियनसिपका छनोट खेलमा नेपाल बहराईनसँग ४–० ले पराजित भएको छ ।

कीर्गिस्तानमा जारी च्याम्पियनसिपमा नेपालले आफ्नो दोस्रो खेलमा बहराईनसँग पराजित भएको हो । बुधबार आयोजक कीर्गिस्तानसँग भएको खेलमा पनि नेपाल २–० ले पराजित भएको थियो । लगातार दोस्रो पराजय पछि नेपालको छनोट यात्रा भने कठिन बनेको छ । 

बहराईनको लागि अलि हसन मेफ्ताहले २० औं र ६९ औं मिनेटमा गोल गरे । त्यस्तै इब्राहिम मुबारकले ८६ औं मिनेटमा र मोहम्मद हुसाईनले अतिरिक्त समयमा गोल गर्दै बहराईनलाई ४–० को फराकिलो जित दिलाए ।

गत असोजमा भुटानमा भएको अन्डर एट्टिन साफ च्याम्पियनसिपको उपाधि जित्न सफल अधिकांश खेलाडी यसपटक अण्डर नाईन्टिन टोलीमा समावेश छन् ।  एएफसी अन्डर नाइन्टिन फुटबल च्याम्पियनसिपको छनोट चरणमा नेपालले अब युएई र ओमानसँग खेल्नेछ । नेपालले तेस्रो खेलमा शनिबार युएईविरुद्ध खेल्दैछ ।

राउण्ड रबिन लिगको आधारमा संचालन हुने छनौट चरणमा शीर्ष स्थान हात पार्ने टोली अर्को वर्ष हुने फाईनल चरणका लागि छानिनेछ ।  हरेक समुहका विजेतासँगै ५ उत्कृष्ट उपविजेता अर्को वर्ष हुने अण्डर नाइन्टिन एसिया कप फुटबल च्याम्पियनसिपको लागि छनोट हुनेछन् ।

nepali football

विशेष