मनोरञ्जन

राधिका भन्छिन् महिला मात्र होइन पुरुष पनि यौन दुर्व्यबहारमा परेका छन्

राधिका भन्छिन् महिला मात्र होइन पुरुष पनि यौन दुर्व्यबहारमा परेका छन्


काठमाडौँ । बलिउड नायिका राधिका आप्टेले पुरुषमाथी पनि यौन दुर्व्यबहारको घटना हुने टिप्पणी गरेकी छिन् । महिलाहरुले आफूमाथि यौन दुर्व्यबहार भएको सार्वजनिक गरे पनि पुरुषहरुले भने महिलाले यौन दुर्व्यबहार गरेको विषयमा मुख खोल्न नसकेको उनको भनाई थियो ।

‘यौन दुर्व्यबहारको घटना केबल महिलामा सिमित छैन । पुरुषहरु पनि दुब्र्यबहारको शिकार भएका छन् तर, उनीहरु बोल्दैनन् ।’ राधिकाले भनिन् । चलचित्र क्षेत्रमा केही पुरुषहरु यौन दुर्व्यबहारको शिकार भएको आफूले समेत जानकारी पाएको दावी उनले गरेकी छिन् ।


यौन दुर्व्यबहारको घटना सार्वजनिक हुने मञ्च तयार भएको भन्दै उनले सबैलाई खुलेर कुरा गर्न आग्रह गरिन् । बोल्ड नायिकाको छवि बनाएकी राधिका पछिल्लो समय चर्चामा छिन् ।

विशेष