खेल

नेपाली तेक्वान्दो प्रशिक्षक अमेरिकी जेलमा

नेपाली तेक्वान्दो प्रशिक्षक अमेरिकी जेलमा


काठमाडौं । बालिकाहरुमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा नेपाली तेक्वान्दो प्रशिक्षक जेलमा परेका छन् ।

अमेरिकाको ओरेगन निवासी ५१ वर्षीय तेक्वान्दो प्रशिक्षक शुद्धोधनमान रञ्जितलाई पक्रेर प्रहरीले वाशिङ्गनको काउन्टी जेलमा हालेको हो ।

ओरेगनको बेभर्टनस्थित साउथर्न पार्क वेमा युएस वर्ल्ड क्लास तेक्वान्दो प्रशिक्षण चलाउँदै आएका उनीमाथि चार वर्ष मुनीका बालिकाहरुमाथि यौन दुर्व्यवहार गरेको अभियोग लागेको छ । छैटौं डन ब्लाकबेल्ट प्राप्त उनी नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी समेत हुन् ।

विशेष