प्रचण्डलाई प्रकाशले भनेका रहेछन्, ‘आज एक दिन हेर्छु, ठिक भएन भने अस्पताल जान्छु’
काठमाडौं । आइतबार बिहान ११ बजेतिर पञ्चण्ड निवासमा सेनाबाहेक तीनवटै सुरक्षा अंगका प्रमुखहरु पुगे । हेलिकोप्टरमा झापाबाट आएर सोझै लाजिम्पाट पुगेका प्रचण्ड माथिल्लो तलामा बसेर छोरीहरु, नातिनी र पत्नी सीतालाई सम्झाई बुझाई गरिरहेका थिए । त्यहीबेला नेपाल प्रहरी, सशस्त्र प्रहरी र गुप्तचरका प्रमुखहरुले सोधे, ‘हजुर, यसबारे गम्भीर सुक्ष्म अनुसन्धान गर्ने हो कि ? पोष्टमार्टम गर्दा के होला ? ’ जवाफमा प्रचण्डले भने, ‘यसबारे पहिले परिवारसँग सल्लाह गर्छु ।’
सुरक्षा प्रमुखहरुसँग यति संवाद गरेपछि उनी माथि उक्लिए र केही बेरमा फेरि तल झरेर भने, ‘अहिले त्यसो नगरौं । ’ यसनिम्ति टिचिङ हस्पिटनल लानुपर्यो । शरीर चिर्नुपर्यो । पीडामाथि पीडा थपिन्छ । तीन दिनदेखि घरमा बाहिरको कोही मान्छे आएको छैन । फेसबुक अपडेट देखिन्न । फोन पनि स्विच अफ गरेर बसेको छ । कोही मान्छेसँग सम्पर्क भएको पनि छैन । आमासँगै बसेको र घरकै खाएको अवस्था हो । बरु खान मन नगरिरहेको अवस्था चाहिँ हो । त्यसैले अटोप्सी गर्नतिर नलागौं ।’
स्रोतका अनुसार शनिबार साँझ झापामै प्रचण्ड रहेका बेलाचाहिँ बाबुछोराबीच कुरा भएको थियो । उनले सञ्चो छैन भने हस्पिटल जानु नि त । भनेर सल्लाह दिएका हुन् । प्रकाशले बाबुलाई आज एकदिन हेर्छु, भएन भने भोलि जान्छु’ समेत भनेरका रहेछन् । त्यो कुरा पनि प्रचण्डले प्रहरी प्रमुखहरुलाई सेयर गरे ।
–जनआस्था साप्ताहिकबाट