मुख्य समाचार

युवतीको अश्लिल भिडियो बनाउने हाइप्रोफाइलका धर्मगुरु चोभारबाट पक्राउ

युवतीको अश्लिल भिडियो बनाउने हाइप्रोफाइलका धर्मगुरु चोभारबाट पक्राउ

काठमाडौं । युवतीहरुको अश्लील फोटो फेसबुक लगायत सामाजिक सञ्जालमा राखेको आरोपमा एक धर्मगुरुलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले चोभारस्थित एक गुम्बाका धर्मगुरु टुल्के लामालाई मंगलबार पक्राउ गरेको हो । बिहीबार पत्रकार सम्मेलन गरी प्रहरीले घटनाको विस्तृत विवरण सार्वजनिक गर्ने भएको छ।

ती धर्मगुरुविरुद्ध आधा दर्जन उजुरी परेका छन्। विद्युतीय कारोबार ऐन अन्तर्गत सिआइबीले बुधबार नै काठमाडौं जिल्ला अदालतमा म्याद थप गरिसकेको छ।

पक्राउ परेका धर्मगुरु ‘हाइप्रोफाइल’ व्यक्ति भएको स्रोत बताउँछ। उनले विभिन्न युवतीहरुसँग अश्लील सम्बन्ध राखी फोटो र भिडियो बनाउने गरेका थिए।

विशेष