मुख्य समाचार

प्रधानमन्त्री शेरबहादुर देउवाको चुनावी सभालाई लक्षित गरी बम विष्फोट

प्रधानमन्त्री शेरबहादुर देउवाको चुनावी सभालाई लक्षित गरी बम विष्फोट

काठमाडौँ । कालिकोटमा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सहभागी कार्यक्रमलाई लक्षित गरी शक्तिशाली बम बिस्फोट भएको छ ।

बिहिबार बिहानै नेपाली काँग्रेस कालिकोटले कोटबाडा रहेको सुन्थराली विमानस्थलमा आयोजना गरेको कार्यक्रममा देउवाले भाषण गरिरहेका बेला करिब ३० मिटरको दुरीमा उक्त बिस्फोट भएको हो ।

प्रधानमन्त्री देउवा सवार हेलिकप्टर ल्याण्ड हुने क्रममा उक्त बिस्फोट भएको स्थानीयवासीले बताएका छन् । बिस्फोटपछि त्यहाँको अवस्था तनावग्रस्त बनेको छ । बिस्फोट कसले र किन गराएको भन्ने बारेमा केहि जानकारी प्राप्त भएको छैन । कालिकोटमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्न प्रधनमन्त्री देउवा बिहानै कोटबाडा पुगेका हुन् ।

प्रधानमन्त्री देउवा शकुसल छन् । बिस्फोट लगत्तै ब्यापक प्रहरी परिचालन गरिएको छ । यद्यपी प्रधानमन्त्री देउवाले कालिकोटको चुनावीसभालाई सम्बोधन गरेका छन् ।

विशेष