खेल

फिफा वारियतामा नेपाल छ स्थान माथि उक्लियो

फिफा वारियतामा नेपाल छ स्थान माथि उक्लियो

काठमाडौँ । विश्व फुटबल महासंघ (फिफा)ले आज सार्वजनिक गरेको नयाँ फिफा बरियतामा नेपाल छ स्थानमाथि उक्लिएको छ । 

नयाँ बरियताअनुसार नेपालले छ स्थान सुधार गर्दै १७० औँ स्थानमा पुगेको हो । दक्षिण एसियाली राष्ट्रमा नेपाल चौथो स्थानमा छ । १०५ औँ स्थानमा यथावत रहेको भारत शीर्ष स्थानमा छ ।

यस्तै माल्दिभ्स एक स्थान तल झरेर १५७ औँ स्थानमा पुगेको छ । भुटान पाँच स्थान सुधार गर्दै १८५ औँ स्थानमा उक्लेको छ भने चार स्थान सुधार गरेको बंगलादेश १९२ औँ स्थानमा छ । त्यसैगरी दुई स्थान गुमाएको श्रीलंका २०० औँ स्थानमा छ । 

विश्व बरियतामा जर्मनी पहिलो ब्राजिल दोस्रो, पोर्चुगल तेस्रो र अर्जेन्टिना चौथो स्थानमा छन् । 

Fifa Ranking nepali football

विशेष