समाज

२७ दिनको शिशुको लिंग काटियो

२७ दिनको शिशुको लिंग काटियो


वीरगञ्ज । बाराको कलैयामा एक नवजात शिशुको लिंग काटिएको छ । बाराको कलैया उप–महानगरपालिका वडा नं ४ बस्ने चाँद महम्मद र टहरी खातनुको २७ दिनको छोराको लिंग काटिएको हो ।

शुक्रबार बिहान ४ बजेतिरको समयमा छोरालाई ओछ्यानमै छोडेर आमा बाहिर निस्केकी थिइन् । आमा बाहिर निस्किएको केही बेरमै झूलभित्र सुतिरहेको बच्चा रुन कराउन थालेपछि हेर्दा लिंग काटिएको अवस्थामा भेटिएको परिवारले जनाएको छ ।

शिशुको नारायणी उपक्षेत्रीय अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेशनल मेडिकल कलेजमा रिफर गरिएको छ ।

विशेष