खेल मुख्य समाचार

महिला क्रिकेटमा नेपालद्वारा मलेसिया ३३ रनले पराजित

महिला क्रिकेटमा नेपालद्वारा मलेसिया ३३ रनले पराजित


काठमाडौं । आइसिसी महिला विश्व टी–२० छनोटखेलमा नेपालले मलेसियलाई ३३ रनले पराजित गरेको छ ।  टस हारेर पहिले व्याटिङ गरेको नेपाललले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८ रन बनायो।

नेपालका लागि ज्योति पाण्डे र सीता रानामगरको प्रारम्भिक जोडीले ६६ रनको साझेदारी गरेको थियो। विकेटकिपर ब्याट्सवुमन ज्योति २१ रन बनाएर क्याच आउट भइन्।

उत्कृष्ट ब्याटिङ गरेकी सीता ४२ बलमा ३ चौकाको सहयोगले ३७ रन बनाउँदै दुर्भाग्यपूर्ण रुपमा मास इल्यासाको थ्रोमा रन आउट हुन पुगिन्। नेपालले दुई विकेट छिटो गुमायो। पूर्वकप्तान नेरी थापा ५ र रितु कनौजिया १ रन बनाएर आउट भए। रोमा थापा पनि ६ रन बनाएर आउट भइन्।

काजल श्रेष्ठ १४ रन बनाएर आउट भइन्। इन्दु बर्मा ६ र रुबिना क्षेत्री २ रनमा अविजित रहे । जवाफि व्याटिङ गरेको मलेसियाले २० ओभरमा ७ विकेट गुमाउँदै ७५ रन मात्र बनाउन सक्यो ।

विशेष