मनोरञ्जन

पत्रकार ऋषि धमला पत्नी एलिजाको फिल्मकाे शुभ मुर्हत

पत्रकार ऋषि धमला पत्नी एलिजाको फिल्मकाे शुभ मुर्हत

काठमाडौं । पत्रकार ऋषि धमला पत्नी एलिजा गौतमले फिल्म निर्माण गर्दै नायिका बन्ने खबर बाहिरिए पछि केही समय फिल्म नगरिमा राम्रै चर्चा भयो । ‘अनुराग’ टाईटल फिल्ममा नायक परिवर्तनले त झनै चर्चा पायो । हाल यहि फिल्मको सुभ मुहर्त गरिएको छ ।

एरिका फिल्म्सको ब्यानरबाट बन्ने फिल्म ‘अनुराग’ को यहि बिहीबार सुभ मुहर्त गरिएको हो । जनकपुरस्थित रामजानकी मन्दिरमा सुभ मुहर्त गरिएको चलचित्र ‘अनुराग’ लाई सत्यराज चौलागाईंले निर्देशन गर्दैछन् ।

४५ दिने छायांकन सेड्युल तयार भएको फिल्मको पोखरा र काठमाण्डौमा छायांकन गरिने छ ।  चलचित्र अनुरागमा एलिजा गौतम र समुन्द्र पण्डितको अलावा राजाराम पौडेल,ठीलेन लामा,धिरेन शाक्य, रुपा राणा, शिशिर राणा, मोहन निरौला लगायतका कलाकारहरुको मुख्य भुमिका रहेका छन् ।

विशेष