मुख्य समाचार

कतारमा नाकाबन्दीको असर, हज्जारौं नेपाली कामदारको रोजगारी गुम्यो

कतारमा नाकाबन्दीको असर, हज्जारौं नेपाली कामदारको रोजगारी गुम्यो


काठमाडौं । ६ महिनादेखि नाकाबन्दी खेपिरहेको कतारमा हजारौ नेपालीको रोजगार गुमेको छ । निर्माण क्षेत्र, बजारमा सामान सप्लाई गर्ने र होटल क्षेत्रमा कार्यरत नेपाली कामदारको रोजगारी गुमेको हो । समयमा तलब भुक्तानी नपाएका सयौ नेपाली कामविहिन भएर वसेका छन् ।

आतंकवादलाई सहयोग गरेको भन्दै साउदी अरबको नेतृत्वमा छिमेकी देशहरुले कतारलाई गत जुन ६ देखि जल, हवाई र स्थल नाकाबन्दी गर्दैै आएका छन् । यी देशले लगाएको आरोपलाई कतारले प्रतिवाद गरेको छ ।

साउदी अरव, संयुक्त अरब इमिरेट्स ९यूएई० र बहराइनका दर्जनभन्दा बढी ठुला कम्पनी बन्द भइसकेका छन् । ती कम्पनीमा कार्यरत नेपाली फर्किसकेका छन् । आजको कान्तिपुरमा खबर छ ।

विशेष