खेल

ब्राजिलका फुटबल स्टार रोबिन्होलाई बलात्कार मुद्दामा ९ वर्ष जेल

ब्राजिलका फुटबल स्टार रोबिन्होलाई बलात्कार मुद्दामा ९ वर्ष जेल

एजेन्सी । ब्राजिलका फुटबल स्टार रोबिन्होलाई सामूहिक बलात्कारको मुद्दामा ९ वर्षको जेल सजाय भएको छ । सन् २०१३ मा इटालीको मिलानमा भएको सामूहिक बलात्कारको मुद्दामा इटालीको एउटा अदालतले ३३ वर्षीय ब्राजिलियन स्टारलाई जेल सजाय सुनाएको हो।

नाइट क्लबमा नशामा भएका रोबिन्होले अल्बानियाकी २२ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोप लागेको थियो। रोबिन्हो ५ वर्ष एसी मिलानबाट व्यावसायिक फुटबल खेल्दै २०१५ मा इटालीबाट बाहिरिएका थिए। सजाय सुनाउँदा उनी अदालतमा उपस्थित थिएनन्। उनले वकिलमार्फत आफू निर्दोष भएको दाबी गरेका थिए।

रोबिन्होले ब्राजिलबाट एक सय खेल खेलिसकेका छन् र २ वर्ष म्यानचेस्टर सिटीमा बिताएर अहिले आफ्नै देशको एट्लेटिको मिनेरोबाट खेल्छन्। रोबिन्होले इन्स्टाग्राममा आफूले यो मुद्दामा आफ्नो संलग्नता अस्वीकार गरेको र आफू बलात्कारको घटनामा संलग्न नभएको बताएका छन्।

विशेष