मनोरञ्जन

१८ वर्ष पुग्नु भएको छैन्, सनीको यो फिल्म हेर्न पाउँनुहुन्न

१८ वर्ष पुग्नु भएको छैन्, सनीको यो फिल्म हेर्न पाउँनुहुन्न

मुम्बर्इ। तपाइँ १८ वर्ष पुग्नुभएको छैन भने सनी लियोनी र अरबाज खान अभिनित फिल्म ‘तेरा इंतजार’ हेर्न नपाइने भएको छ । फिल्म आज रिलिज भएको छ ।

सेंसर बोर्डले यो फिल्मलार्इ ’युए सर्टिफिकेट नदिएर ‘ए’ सर्टिफिकेट दिएको छ, जसको मतलब वयस्कको लागि मात्र भन्ने हुन्छ । तसर्थ सिनेमा–घरमा १८ वर्षमुनिका दर्शकहरूलार्इ प्रवेशमा रोक लगाइने छ । जसको कारण अपेक्षित दर्शकको संख्या घट्ने देखिन्छ ।

फिल्म मेकर्सले युए सर्टिफिकेट चाहेका थिए तर बोर्डले फिल्मलार्इ कुनैपनि दृश्य नकाटिकन पास गरेर ए सर्टिफिकेट प्रदान गरेको हो । केही दृश्यहरू अश्लील देखिएकाले सेंसर बोर्डले काट्न चाहेको थियो तर चुम्बनका उक्त दृश्यहरू “कथाको माग अनुरुप भएकोले जबर्जस्ती नघुसाइएको” निर्माता मेहुल गौरले जानकारी गराए ।

सर्टिफिकेट पाउनु अघि नै फिल्मको राइट्स बेचिसकेको र प्रमोशनका लागि दुर्इ जोडीको लभ(मेकिंग र हट सिनहरू राखी प्रचार गरिसकेकाले सेंसर बोर्डले फिल्मको उत्तेजक दृश्यहरू नकाटेको हो ।

विशेष