मुख्य समाचार

आज र भोली आयोगले परिचय पत्र वितरण गर्ने

आज र भोली आयोगले परिचय पत्र वितरण गर्ने

काठमाडौं । निर्वाचन आयोगले मंसिर १० गते पहिलो चरणको निर्वाचन हुने जिल्लामा आज र भोली मतदाता परिचयपत्र वितरण गर्दै छ ।

आयोगले पहिलो चरणको निर्वाचन हुने जिल्लाका सम्बन्धित मतदान केन्द्रमा मतदान कार्यमा खटिएका कर्मचारीबाट मतदातालाई परिचयपत्र वितरण गर्ने छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि स्थानीय तह निर्वाचनमा परिचयपत्र बुझ्न बाँकीका साथै नयाँ मतदातालाई परिचयपत्र वितरण गर्न लागेको हो ।

स्थानीय तहको निर्वाचनमा मतदाता परिचयपत्र प्राप्त गरि सकेका मतदाताहरूले सोही परिचयपत्रका आधारमा मतदान गर्न पाउनेछन् । २०७४ भदौ ३ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरी २०७४ भदौ ५ गतेसम्ममा १८ वर्ष उमेर पूरा गरेका एवम् नामावली सार्न र सच्चाउन निवेदन दिएका मतदाताले नयाँ परिचय पाउने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

त्यसैगरी, दोस्रो चरणमा मतदान हुने ४५ जिल्लामा सम्बन्धित मतदान केन्द्रमा मतदान कार्यमा खटिएका कर्मचारीबाट मङ्सिर १९ र २० गते परिचयपत्र वितरण हुनेछ ।

विशेष