यति महंगो छ रानी मुखर्जीको यो ज्याकेट, बेच्यो भने बुलेट बाइक किन्न सकिने
एजेन्सी । बलिउड अभिनेत्री रानी मुखर्जी हालै मुम्बई एयरपोर्टमा क्यामेराको घेराउमा परिन् । त्यस दौरानमा उनी ह्वाइट स्पोर्टी सुज, ब्लु रिप्ड जिन्ससँगै कालो लेदर ज्याकेटमा सजिएकी थिइन् ।
रानीको एयरपोर्ट लुक्समा उनले लगाएको लेदरको ज्याकेटले सबैको ध्यान तानेको थियो । किनभने उक्त ज्याकेटको मूल्य नै १४९५ पाउण्ड हो । त्यस ज्याकेटलाई कम्तीमा पनि एक लाख तीस हजार भारु पर्ने भारतीय मिडियाले जनाएको छ । ज्याकेटलाई यदि बेच्ने हो भने बेचेको पैसाले बुलेट क्लासिक ३५० किन्न सकिने पनि स्रोतले जनाएको छ ।