समाज

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काभ्रे । बाख्रा फार्ममा काम गर्ने महिलालाई जबरजस्ती करणी गरेको आरोपमा सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

मण्डन देउपुर नगरपालिका–२ मा बाख्रा फार्म संचालन गरी बस्ने संखुवासभाको पाचखपन नगरपालिका–२ का ५० वर्षीय देबीबहादुर खत्रीलाई पक्राउ गरेको हो । खत्रीले उनकै फार्ममा काम गर्ने धादिङकी २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्रबार प्रहरीले पक्राउ गरेको थियो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

विशेष