समाज

कान कुहिएकी महिलाको उद्धार

कान कुहिएकी महिलाको उद्धार

काठमाडौँ । मानवसेवा आश्रमले अत्यन्त कष्टपूर्ण जीवनयापन गर्न विवश एक महिलालाई काठमाडौं न्यू प्लाजा अगाडिबाट उद्धार गरी अस्पतालमा भर्ना गराएको छ ।

अन्दाजी ३५ वर्षीया उनको एकापट्टिको कान पूरै कुहिएर कीरा हिँडिरहेको थियो । महिलाका परिवार र आफन्तबारे केही खुल्न सकेको छैन । विसं २०८२ भित्र नेपालको कुनै पनि सडक किनारामा कष्टपूर्ण जीवनयापन गर्न नपर्ने अवस्था सिर्जना गर्ने योजनानुसार आश्रमले देशव्यापी रुपमा सेवा गरिरहेको आश्रमका काठमाडौँ संयोजक सुमन बर्ताैलाले जानकारी दिए ।

तीन सयभन्दा बढी वृद्धवृद्धाले हाल विभिन्न शाखामा सेवा लिइरहेका छन् । आश्रमबाट हालसम्म ७३० भन्दा बढी सडक किनारा एवं सार्वजनिकस्थलमा कष्टपूर्ण जीवनयापन गर्न विवश व्यक्तिले सेवा पाइसकेका छन् ।

kathmandu manabsewa ashram

विशेष