खेल

नेपाली बलरविरुद्ध चीन टिक्न सकेन

नेपाली बलरविरुद्ध चीन टिक्न सकेन

आइसीसी विश्व महिला क्रिकेटमा नेपालले चीनलाई ५० रनले पराजित गरेको छ ।

टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा १ सय २ रन बनायो । नेपालका लागि सर्वाधिक १८ रन रुविना क्षेत्रीको नाममा रहयो भने काजल श्रेष्ठले १६ र नेरी थापाको ११ रन बाहेक नेपाली खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । नेपाललाई सस्तोमा समेट्न चीनकी झाङ चियाङचुले सर्वाधिक तीन विकेट लिए । त्यस्तै लि हाओए, हान लिली, एम् जुले समान एक–एक विकेट लिए ।

नेपाली टोलीको ब्याटिङ चल्न नसकेपनि चीनलाई रोक्न नेपाली बलिङले उत्कृष्ट प्रदर्शन गर्यो ।

जवाफि ब्याटिङमा उत्रेको चीनलाई नेपाली बलरले ५२ रनमै समेट्न सफल भयो । चीनकाे लागि झाङ यानलिङले सर्वाधिक २९ रन जाेडे । त्यस्तै हान लिली २३, सि जाेउ १६ र लिउ जिअाेनानले १२ रन बाहेक अन्यले दाेहाेराे अंक जाेड्न सकेनन् । 

नेपालको लागि रुबिना क्षेत्री र सब्नम राईले समान तीन–तीन विकेट लिए भने सिता राना मगरले दुई तथा रुबिना भण्डारीले एक विकेट लिए ।

 

nepali women cricket

विशेष