डल्लुमा माइक्रोबसभित्रै दुई सहचालकमाथि चक्कु प्रहार
काठमाडौं । काठमाडौं महानगरपालिका–१५ डल्लुस्थित सडकमा माइक्रोबसमा कार्यरत दुई जना सहचालकमाथि चक्कु प्रहार गरिएको छ ।
स्वयम्भु–रत्नपार्क चल्ने बा१ज ६२९२ नम्बरको माइक्रो रोकिएको अवस्थामा २ जना अपरिचित व्यक्तिले आइतबार चक्कु प्रहार गर्दा माइक्रोका सहचालकद्वय काभ्रेको नमोबुद्ध–५ का २० वर्षीय विशाल लामा र २१ वर्षीय कैलाश लामा घाइते भएका छन् ।
उनीहरुलाई उपचारको लागि वीर अस्पताल लगिएको छ । चक्कु प्रहार गर्ने शंकास्पद तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।